काठमाडौं, २२ असार । शनिबार अपराह्नबाट परेको अविरल वर्षाले काठमाडौंमा नदी तथा खोलाहरुमा पानीको सतह बढेसगै शरणार्थी बस्ति डुबानमा परेको छ ।शेषमती खोलामा आएको बाढीका कारण खोला आसपासका शरणार्थी बस्ती डुबानमा परेका हुन् । घर तथा टहरामा खोलाको बाढी पसेपछि उनीहरुको विचल्ली भएको छ ।मध्यरातसम्ममा राजधानीका अधिकांश खोलाहरु बाग्मती, विष्णुमति, धोविखोला, टुकुचा लगायतमा पानीको सतह निकै माथि पुगेको थियो ।सधैँ फोहर थुप्रिने, पानी समेत अत्यन्त फोहोर भएका यी खोलाहरुमा वर्षासँगैको बाढीले पस्दा खोलाको सतह बढेको हो ।जल तथा मौसम विभागले एक सूचना जारी गर्दै जलसतह बढ्दो क्रममा रहेकाले सर्तक हुन आह्वान गरेको थियो । विभागले नयाँ वसपार्क क्षेत्रदेखि टेकु दोभानसम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।हेर्नुहोस् केहि तस्बिर –

Your Views
Related News