काठमाडौं, २२ असार । गलबन्दी गीतपछि मोडल अञ्जली अधिकारी फेरी अर्को गीतमा पनि आपार सफलता पाएकी छन् ।प्रकाश सपुतको गलबन्दीमा भाइरल बनेकी अञ्जली पुनः अर्को गीतमा पनि रातारात हिट बनेकी छिन् ।गायक रामकुमार कार्कीको ‘कोईली चरी’ बोलको गीतबाट फेरी उनको चर्चा चल्न हुन थालेको हो ।गीतमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोरा फिचर भएका छन् । रामकुमारलाई फिमेल भोकलमा कमला खड्काले साथ दिएकी छिन् ।डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।गलबन्दी अघि उनको अभिनय रहेको बोल माया गीत हिट बनेको थियो । उनको रुपसँगै अभिनयमा दर्शकहरु मन्त्रमुग्ध बन्ने गरेका छन् ।


Your Views
Related News