सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइकुण्ड पुगेका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकप्टरमा आइतबार गोसाइकुण्ड पुगेका हुन्।

नेताहरू गोसाइकुण्डमा दुई घन्टा बिताएर काठमाडौं फर्किसकेको खनालका सहयोगी कृष्ण भट्टराईले सेतोपाटीलाई बताए।‘नेताहरू घुम्न जानुभएको थियो फर्किसक्नुभयो,’ उनले भने, ‘पर्यटन वर्ष २०२० लाई पनि यसले थप सहयोग गर्छ।’

गोसाइकुण्डमा पुगेको फोटो प्रवक्ता श्रेष्ठले ट्वीट गरेका छन्।उनले लेखेका छन्, ‘संसारको औंलामा गन्न सकिने सुन्दर देशहरुमध्ये एक हाम्रो देश नेपालको मनोरम स्थल गोसाईकुण्डको आजको यात्रा रमाईलो र आनन्ददायक रह्यो।’


Your Views
Related News