काठमाडौँ – चर्चित लोक तथा दोहोरी गायिका लक्ष्मी मल्ल र गायक बिरु कार्कीको आवाजमा नयाँ गीत “अर्गानिक फल” बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको छ । बिरु कार्कीको नै शब्द संगीत रहेको यस गीतमा चर्चित मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री र नायिका तथा मोडल रक्षा श्रेष्ठको अभिनय रहेको छ ।

गीतमा रक्षा र सुनिल अलावा भावना उप्रेती, हरी अधिकारी, मनोज जोसी र बिकास खड्काको पनि अभिनय रहेको छ । लोकदोहोरी गीतमा पनि नेपालको निकै सुन्दर र चिसो ठाउँ मार्फामा खिचिएको यस गीतलाई सुनिल क्षेत्रीले नै कोरीयोग्राफी र निर्देशन गरेका छन् । कृष्ण के.सीको एरेन्ज रहेको गीतलाई अमृत चापागाईको सम्पादन र नवराज उप्रेतीको छायाकंन रहेको छ ।
भिडियो हेर्नुहोला


Your Views
Related News