काठमाडौ, २२ असार । पुर्वराजा ज्ञानेन्द्र शाहको ७३ औं जन्मोत्सवको पूर्वसन्ध्यामा उनकी नातिनी एवं पारस शाह तथा हिमानी शाहकी छोरी पूर्णिकाले एउटा भाुवक कविता लेख्दै सामाजिक संजालमा पोष्ट गरेकी छन् ।उनले आफ्ना पिता पारस शाह र हजुरबा ज्ञानेन्द्रसँगको फोटो सार्वजनिक गर्दै निकै मर्मस्पर्शी कविता पोष्ट गरेकी हुन् ।उनको कविता जस्ताको त्यस्तै तल पढ्नुहोस्-चुपचापको अर्थ जस्ले जसो लाएँ पनिदिलको मौनता केवल ओभानो ओठले बुझेको छ।झरेको आँशु जस्ले जसो ठानें पनिनानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।जीवनको खुशी जस्ले जसो भनेँ पनिछातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।शरदको रात जस्ले जसो देखेँ पनिहिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।झुकेको फूललाई जस्ले जसो थामेँ पनिमुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।जीवनको बाटो जस्ले जसो ठानेँ पनिबॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।


Your Views
Related News