काठमाडौँ। बैदेशिक रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृ*त्यु भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगी दाङका ३६ वर्षीय जबिन्द्र परियारको त्यहाँ पुगेको डेढ महिना नबित्दै उ’पचारको क्र’ममा ज्या’न गएको हो । परियार गत सेप्टेम्बर २७ तारिखका दिन मरिना थाई रेष्टुरेन्टमा कामका लागि कुवेत पुगेका थिए । दुई दिन मात्रै ड्युटी गरेका उनलाई एक्कासी टा’उको दुखेपछि अक्टोबर २ तारिखमा फ र्वानियाको अल सिफा अस्पातालमा पुर्याईएको थियो ।

तर उनको त्यहाँ उ’पचार हुन नसकेपछि एक हप्तामा फर्वानिया अस्पातलमा रिफर गरिएको थियो । अ’स्पतालले जनाए अनुसार उनलाई म’स्तिस्कमा क्ष’यरोग लागेको र लामो समय उ पचार गर्दा पनि डा’क्टरले बचाउन नसकेको मृ*तकका भाई शैलेन्द्र परियारले जानकारी दिएका छन् । परियारको शनिबार राती मृ*त्यु भएको हो । उनको घरमा एक छोरा र एक छोरी रहेको बताईएको छ ।


Your Views
Related News