लिमा, २७ कात्तिक । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दु र्घ टना हुँदा १९ जनाको मृ त्यु हुनुका साथै २५ जना घा इते भएका छन् ।

पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा ख सेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो ।

प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दु र्घ टना भएको हुनसक्ने बताउनुभयो । घा इतेहरुको उद्धार गरी उ पचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो । पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दु र्घ टना हुने गरेका छन् । यो भूभाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाईमा रहेको छ ।


Your Views
Related News