जनकपुर, कार्तिक २८- अभिनेत्री एवं राप्रपा ९संयुक्त० कि नेतृ रेखा थापा हिन्दू राष्ट्र निर्माणका लागि पार्टीले सञ्चालन गरेको जागरण अभियानमा सहभागी भएकी छन्। जनकपुरबाट सुरु भएको धार्मिक जागरण अभियानमा रेखा सहभागी भएकी हुन् ।

अभियानमा रेखाले पशूपति शमशेर रणाको हात समातेर हिडेकी छन् । सो अभियानमा सहभागी हुन राप्रपा संयुक्तका नेताहरु पशुपति शमशेर राणा, र रेखा सहित प्रकाशचन्द्र लोहोनी लगायतका केन्द्रीय नेताहरु जनकपुर पुगेका छन्।

अभिनेत्री थापाले धार्मिक यात्राको आरम्भ गर्दै गरेका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्। उनले फेसबुकमार्फत नै धार्मिक यात्रा सुरु भएको जानकारी समेत दिएकी छन्। ‘जनकपुरबाट धार्मिक यात्रा सुरु’, तीन वटा तस्बिर राख्दै उनले क्याप्सनमा लेखेकी छन्। बिहीबारबाट सीताको जन्मभूमि जनकपुरबाट सुरु भएको धार्मिक यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर समापन गर्ने राप्रपाले बताएको छ।


Your Views
Related News