काठमाडौँ, २८ कार्तिक । नायक पल शाह र आँचल शर्माले थुप्रै फिल्म र म्युजिक भिडियोमा संगै काम गरेका छन् । उनीहरुको जोडीलाई दर्शकले पनि खुबै रुचाएका पनि छन् । उनीहरुलाई नेपाली चलचित्रमा ‘आँप’ जोडीको नामले पनि चिन्ने गरिन्छ । उनीहरुले सँगै काम गरेदेखि नै उनीहरुको नाम एक अर्कामा जोडिदै आएको छ । केहि मिडियाले उनीहरु प्रेम सम्बन्धमा रहेको पनि बताएका थिए । तर यी दुईले यो कुरालाई स्वीकारेका छैनन् । उनीहरुले यसलाई एउटा गसिप मात्र भएको भन्दै आइरहेका छन् ।

यसैबीच अर्का पात्र आइपुगे, डाक्टर उदिप श्रेष्ठ । पल र आंचलको जोडी मन पराउने दर्शकको चित्त दुखे पनि अहिले उनै उदिपसंग लगनगाठो कस्ने अन्तिम तयारीमा छिन आंचल । करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन् । त्यति मात्र हैन आजकल सामाजिक संजालमा आंचलले उदिपलाई धेरै ठाउ दिन थालिसकेकी छिन् ।

यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी समेत गरेको छ । नायिका आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन् । आँचलले फागुणमा आफूहरुले बिहे गर्ने जानकारी दिएकी छिन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचल त्यस अघि पल शाहसंगको म्युजिक भिडियोमा लगातार देखिदै आएकी थिइन ।


Your Views
Related News