काठमाडौं, २८ कात्तिक । पछिल्लो समय बाल गायिका कमला घिमिरेपछि भाइरल हुने पालो आएको छ एक एक युवतीको, जसलाई नेपाली चलचित्र जगतकी अहिलेकी चर्चित नायिका आंचल शर्माको डुप्लिकेट भन्ने गरिएको छ । खासमा उनको नाम सुबेक्षा नेपाल हो । उनले कमला घिमिरे र अमृत सापकोटाको पहिलो गीत ‘चिया छानेको’ गीतमा अभिनय गरेकी छन् ।

सुबेक्षालाई शंकर बिसीले म्युजिक भिडियो खेलाएका थिए । उनले यो भन्दा अगाडी पनि १० भन्दा बढीमा भिडियो खेलिसकेको भए यो गीतबाट भने उनलाई सबैले चिन्ने अवसर पाए । तर यही गीत आफ्नो लागि पहिलो जस्तै भएको उनको भनाई छ । आफुले एकाएक एति धेरै चर्चा पाउदा चकित भएको पनि उनको भनाई छ । उनि भन्छिन कमलाको अगाडी तालि बजाउने ठाउँमा देखिन पाएपनि हुन्थ्यो भन्ने सम्म सपना थियो नाच्ननै पाए, खुशी लाग्यो ।

कमला र अमृतको उक्त गीत युट्युब ट्रेन्डिंङ नम्बर १ मा पर्न सफल भएको छ । यो चर्चित गीतमा नाँचेकी सुबेक्षासँग लालीगुराँस डटकमले गरेको कुराकानी हेर्नुहोस् –


Your Views
Related News