बेइजिङ, २३ असार– चिनियाँ एक्सपोर्ट एम्पोर्ट बैंक (चाइना एक्जीम बैंक) ले ४६ वटा अफ्रिकी मुलुकमा सञ्चालित परियोजनाहरुका लागि ८७ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा अफ्रिकी मुलुकका आर्थिक तथा सामाजिक लाभका क्षेत्रमा बैंकले लगानी केन्द्रित गरेको छ । बैंकले स्वच्छ ऊर्जा, नवीन ऊर्जा र नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगसम्बन्धी परियोजनामा मद्दत गर्ने योजना अघि सारेको बैंकका डेपुटी गभर्नर सी पिङले बताउनुभयो ।चाइना एक्जीम बैंक चीनको सरकारी बैंक हो । यस बैंकले विदेशी व्यापार, लगानी र अन्तर्राष्ट्रिय आर्थिक सहयोगका क्षेत्रमा मद्दत गर्ने गर्दछ ।


Your Views
Related News