काठमाडौं, २ मंसिर । ब म वि स्फो टका घा इतेलाई इँटाभट्टामा हालेर मा रेको अ भियो गमा पुर्पक्षका लागि जे ल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले प क्राउका क्रममा प्रहरीसँग नै रौतहटमा आगो लगाउने ध म्की दिएका छन् ।

२ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने ध म्की दिएका हुन् ।

उनले भनेका छन् –

आलम : तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?

प्रहरी : कहाँ हामीले ठट्टा ठानेका छौँ हजुररु माननीयज्यूलाई हामी सम्मान गर्छौं । जय नेपाल, नमस्कार भनेका छौँ ।
आलम : (गाडीमा हात बजार्दै) हँ…यो जिल्लामा आग (आगो) लाग्छ, आग।

प्रहरी : शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।
आलम : यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस… (उनी आफ्नो मोवाइल फोन हेर्छन्)

प्रहरी : त्यसो भन्न मिल्दैन हजुर।
आलम : मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो? म डकैत हुँरु डकैतको व्यवहार गर्नु भा’छ तपाईंहरुले।
प्रहरी : हैन माननीयज्यू।
आलम : अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ। …

(कान्तिपुर दैनिकबाट)


Your Views
Related News