रहिनन् बाआमाकाे सपना पूरा गर्न पढ्न काठमाण्डाैँ गएकी कञ्चनपुरकी अनुपमा, स्कुटर दु*र्घटनामा परी मृ*त्यु
कञ्चनपुर, स्कुटर दु*र्घटना हुंदा कञ्चनपुर घर भएकी एक युवतीको मृ*त्यु भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी* राजमार्गमा स्कुटर दुर्घ*टना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने १९ वर्षीय अनुपमाकुमारी राउतको मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९८ प ७५८२ नम्बरको स्कुटर खाल्टो छलाउने क्रममा आफैँ अनियन्त्रित भई शनिबार दु*र्घटना हुंदा आज बिहान ३ः०० बजेतिर मृ*त्यु भएको हो ।

यसैबीच कन्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा शनिबार राति ट्रक र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृ*त्यु प्रकरणमा मृ*तकका आफन्तले गरेको राजमार्ग अ*वरुद्ध सुचारु भएको छ । मृ*तकका परिवारलाई किरिया खर्च सहित क्ष*तीपूर्ती दिने सहमती पछि अवरुद्ध राजमार्ग सुचारु भएको हो


Your Views
Related News