पत्रपत्रिका काठमाडौं । नेपालको भूमिसमेत समावेश गरेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले सातु खाएर सीमा सुरक्षा गर्न तयार रहेको बताएको छ । जनमुक्ति पार्टीले साेमबार बुटवलमा जुलुस तथा खबरदारी सभाको आयोजना गर्दै यस्तो बताएको हो ।

जनमुक्ति पार्टीको ५ नम्बर प्रदेश परिचालन समितिको आयोजनामा भएको जुलुसका क्रममा पार्टीका महासचिव केशव सूर्यवंशी मगरले आफूहरु मकै र सातु खाएर नेपाली सिमाना रक्षा गर्न तयार रहेको बताएका हुन् । समाचार गोरखापत्रमा छ ।


Your Views
Related News