काठमाडौं, ३ मंसिर । मोरङमा तेलको ट्यांकर अ पहरण भएको छ । हिजो सोमबार राति एक बजे नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अ पहरणमा परेको हो ।

सिराहाको लहानबाट राति ना ४ ख ४१६३ नम्बरको ट्यांकरमा २० किलोलिटर डिजल लिएर जाँदै गर्दा मध्य राती अ पहरणमा परेको हो । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अ पहरण’मा परेको लिखित जानकारी निगमलाई मंगलबार बिहान १० बजे गराएका थिए।

चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पुर्‌याएर छाडेको र ट्यांकर लिएर गएका थिए। कसले अ पहरण गरेको हो भनेर अहिले प्रहरी अनुसन्धान अगाडी बढेको छ ।


Your Views
Related News