युएई दुबई : २४ जनवरी २०२० शुक्रबारको दिन त्रिशुली समाज युएई दुरा मञ्जुश्री संवत् २८५६ औं सोनाम (जिवा-ल्हो) मुसा वर्षको ल्होछारको शुभ अवसरमा छैटौ बृहत् सांस्कृतिक कार्यक्रम अायोजना गर्ने भएको छ । कार्यक्रममा नेपाल बाट आमन्त्रित ख्यातिप्राप्त तथा लोकप्रिय कलाकार “मन माया वाइबा ” आऊदै हुनुहुन्छ । उहाले तामाङ सेलो लागाएत
म्हेन्दोमाया / चर्चित लोक दोहोरी गाऊनु भएको छ।

गोर्खा जिल्लामा जन्मिएकी मन माया वाइबा सानै देखि गीत संगीत प्रति रुचि रख्ने र उनको सुमधुर अनि जादुमय आवाजले छोटो समयमा धेरै दर्शक स्रोता हरुको मनमा बास बस्न सफल भएकि छिन। सबैको लोक प्रिय बनेकी मन मायाले सांगीतिक यात्रा बि.सं २०६१ साल बाट लोक दोहोरी एल्बम आफ्नै शब्दमा(” परेउ मलाई पिर “) बाट औपचारिक रुपमा पाइला चालेकि थिईन । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेको गीतहरु को बोल “लाहुरे दाइको पल्टने झोल ” भाले मजुरा सालैजो “सारा सपना भयो अधुरो ” र यही त होला माया भनेको ” भन्ने लोक दोहोरी गितहरु बजारमा अत्यधिक चर्चामा रहेका छन्।
बि.स: २०७१/७२ मा पहिलो म्हेन्दो माया बोम्तान नम्सर ” वाला वाला ग्रमाबारी “म्हेन्दो माया गीत निकै चर्चा कमाउन सफल भए । क्रमश: तामाङ सेलो लगायत थुप्रै गितहरुमा समुधुर स्वर दिएकी छिन । पछिल्लो समयमा इन्द्रेणी.कम ABC टेलीभिजनको सहकार्यमा नेपालको भिभिन्न जिल्लाहरुमा तथा स्वदेश देखि विदेश सम्मको सांगीतिक यात्रामा गायन देखि सञ्चालिका सम्मको सहकार्य गर्दै ABC टेलीभिजन बाट प्रसारण इन्द्रेणी लोकदोहोरी कार्यक्रम इन्द्रेणी मा निरन्तरता दिदैं आईरहेकि छिन् ।
संगीतिक यात्राको क्रममा स्वदेश तथा बिदेशमा हुने विभिन्न स्टेज कार्यक्रमहरुमा सहभागी बनि सम्मानित समेत भएकी छिन | अन्तरास्ट्रिय सांगीतिक यात्राको दौरानमा कतार ,भारत ” मलेसिया, हङकङ, र युएईमा भने उनले तेस्रो पटक भ्रमण गर्ने भएकी छिन।
| युएई मा हर्दिक स्वागत गर्द्छु त्रिशुली समाज का सल्लाहकार दिल बाईवा तामाङ


Your Views
Related News