प्रधानमन्त्री ज्यु मन्त्री बदल्ने होकी कार्यशैली ?

हिजो मंसिर ५ गते बिहीबार प्रधानमन्त्री केपि ओलिले ९ जना मन्त्रीहरु परिवर्तन गर्नुएको छ । साथै नयाँ अनुहारका मन्त्रीहरु नियुक्ति पनि गर्नु भएको छ, यो परिवर्तनले जनतालाई आस भन्दा नि निराश बनाएको देखिन्छ, किन कि हिजोका दिनमा जति पनि मन्त्रीहरु थिए उनिहरुको कार्यसैली हेर्दा खासै लछार पाटो लाएको देखिदैन र नयाँले पनि लगाउनु जस्तो लागेको छैन । मेरो सिधा प्रस्न चै प्रधानमन्त्री ज्यु लाई प्रधानमन्त्री ज्यु मन्त्री बद्ल्ने कि कार्यसैली ?

हिजोको परिवर्तनले सामाजिक सन्जालमा सर्बत्र रूपमा बिरोध भैरहेको छ ,यो परिवर्तनले जनता लाई “जुनै जोगि आए पनि कानै चिरेको ” भने झै देखिन्छ । किन कि हिजोका दिनमा जो जति थिए उनिहरुको काम गराइ जनताले छर्लङै देखी सकेका छन । यो मन्त्री परिवर्तनले त बादर लाई भर्‍याङ लगाइ दिए झै भाछ , यस्तै कार्यशैली र परिवर्तन भैरहने हो भने मेरो देशले बिकासकका निम्ति कहिले गति लेला अत्तोपत्तो छैन ! यहिनै जटिल चिन्ताको विषय बनेको छ ! भोलिका दिनना नयाँ मन्त्रीहरुको त काम देखिनेनै छ तर पनि उहाँलाई विशेष शुभकामना ।
???? ” जय देश जय स्वाभिमान ” ????


Your Views
Related News