काठमाडौँ। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लेखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै वडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ । वि.स. २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था ? भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गाका अनुसार उक्त अभिलेखमा महाकाली अन्चलको सुदुरपश्चिमान्चल विकास क्षेत्रअन्तर्गत दार्चुलाका २५ पञ्चालयतका जनताले जनमत संग्रहमा सहभागिता जनाएका थिए । २५ जिल्लालाई भाग १ र २ मा छुट्याइएको उक्त अभिलेखमा ती पञ्चायतसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको छ । यी तीनवटै स्थान अहिले ब्यास नगरपालिकामा पर्दछन् । नेपाल समाचारपत्र दैनिक

यो पनि पढ्नुस काठमाडौं । जापान सरकारले नेपालबाट कृषि क्षेत्रमा आवश्यक कामदार लैजान इच्छुक देखिएको छ । त्यसका लागि जापान सरकारले नेपालमा छिट्टै सीप तालिम तथा भाषा कक्षा सञ्चालन गर्ने भएको छ । भेटका क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भयो । जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताए ।

नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्र गरे । जापानले नेपाली कामदारलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने जापानी प्रतिनिधिमण्डलले उल्लेख गरेको छ ।सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र जापानका कृषि, वन तथा मत्यपालनमन्त्री, मन्त्रालयका उप–महानिर्देशक टाकामी नाकाडाबीच भएको वार्तामा सुरुमा नेपालबाट कृषि क्षेत्रमा कामदार लैजाने नाकाडाले जानकारी दिए ।

उनका अनुसार त्यसअघि कामदारलाई त्यससम्बन्धि सीप तालिम र भाषा कक्षा छिट्टै सञ्चालन गरिनेछ । नेपालका लागि जापानी राजदूत सामीची साइगोसमेत सहभागी उक्त भेटघाटमा मन्त्री बिष्टले नेपाल सरकार र जापान सरकारबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे । उनले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको बताउँदै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए ।

भेटमा विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । मन्त्री बिष्टले हाल चलिरहेको नर्सिङ केयर गिभर लिने प्रक्रियालाई चुस्त बनाउन जापान सरकारलाई अनुरोध समेत गरेका थिए । राजदूतले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापानबीच भएको श्रम समझदारी अनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने जानकारी दिए ।


Your Views
Related News