ओएस नेपाल, मंसिर ५ । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर घर फर्किएका छन् । मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा सहभागि हुन सिंहदरबार पुगेको विष्ट ट्याक्सी चढेर घर फर्किएका हुन् ।आफु मन्त्री हुँदा सुविधा स्वरुप पाएको गाडी सुविधा बिहीवारै फिर्ता गरेर विष्ट ट्याक्सीमा घर फर्केका हुन् ।
उनलाई मन्त्रीबाट हटाइए पछि विष्टको सर्मथनमा सामाजिक संजाल भरिएका छन् भने प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ ।मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले आफ मन्त्री हुँदा इमान्दारिता पुर्वक काम गरेको र मन्त्री पदमा नरहँदा पनि श्रमका लागि देश तथा विदेशमा रहेका युवाहरुको हितमा आवाज उठाउने बताएका छन् ।
मन्त्री विष्टसँगै आज नै घर फर्किने मन्त्रीहरुमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव रहेका छन् ।
हिजो साँझ नै मन्त्रीबाट हटेका गोकर्ण विष्ट विहीवार दिउँसो मन्त्रालय पुगेर आफ्नो कार्यकालमा भएका उपलव्धिहरु बारे चर्चा गर्न र धन्यवाद ज्ञापन गर्न भ्याए । बिदाइ कार्यक्रमपछि उनी सिंहदरबारबाट घर फर्किदा ट्याक्सी चढेर निबास फर्किएका थिए । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा भोलीका दिनमा पनि यसरी नै सर्मपित भएर काम गरिरहने प्रतिक्रिया दिएका छन् ।
Osnepal बाट साभार