शनिबार, मंसिर ७, २०७६

Nuwakot Express

Trending Now
सुचना र प्रविधी शिक्षा राष्ट्रीय समाचार बिकास/निर्माण पर्यटन ऊर्जा breaking “break”

३५ दिन भित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाको बिषय जटिल बन्छ : अध्यक्ष बिजुक्छें
837
SHARES
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिन भित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सिमाका बिषय जटिल बन्ने बताउनु भएको छ ।

उहाँले सरकारले भारतले मिचेको सिमाका बिषयमा सरकाले सिमा अतित्रमणका बारे अन्तराष्ट्रिय अदालत र सुंयक्त राष्ट संघमा बेलैमा यो मुद्धालाई लैजान नसकेको भन्दै ३५ दिन भित्र सरकारले यो बिषय उक्त स्थानमा लानु पर्नेमा जोड दिनु भयो ।

उहाँले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस बिषयमा नेपाल सरकारले कुनै ठोस पहल तर्फ लाग्न नसक्नु कमजोरी भएको र यसले सरकार भारतसँग कुनै न कुनै वहानमा झुकेको आरोप लगाउनु भायो ।

प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिमण्डल पूनर्गठनको विषयमा बोल्दै अध्यक्ष बिजुच्छेंले सरकारले हाल भएका मन्त्रीलाई किन हटायो र नयाँ मन्त्री किन ल्यायो भन्ने कुनै ठोस बिषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताउनु भयो ।

तीन तहको सकरकारले झनै जटिलता निम्ताएको बताउँदै सिंहदरबारको अधिकार गाउँगाउँमा सम्म पुगेको भन्नु नै जनतलाई भ्रममा पार्नु हो र यस बारे शिर्ष नेताहरुले समेत बुझ्न नसकेको उहाँले बताउनु भयो । अधिकार नभएर सिंहदरवारको भ्रष्टाचार भने गाउँ गाउँ सम्म पुगेको उहाँको दावी थियो ।

नेपालको कुटनीतिक पक्ष सदैभ कम्जोर रहेको भन्दै बिजुक्छेंले कुटनैतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तिब्र बन्दै गएको र यसका बारे हाल सम्म बनेको हरेक सकारको कम्जोरी रहेको छ ।

सरकारको काम गर्ने शैलीमा जती बर्ष भए पनि कुनै फरक नपरेको भन्दै वर्तमान सरकार झन्डै दुइ बर्षको काम भनेको जनता झक्काउने मात्र भएकाले र ठोस उपलब्धि हासिल गर्न नसकेको उहाँले बताउनु भयो ।

उहाँले सरकारको अदुरदर्शी सोचकै कारण प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न नसेको बताउनु भयो । सरकारको अदुरदर्शी सोच नै स्थानीय सरकारले बिसकासमा खेल्न सक्ने भूमिकाको अबरोध भएको उहाँले बताउनु भयो ।


Your Views
Related News