काठमाडौं, ७ मंसिर । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेललाई राजीनामा दिन अल्टिमेटम दिएका हुन् ।

खरेललाई आउँदो हप्ताभित्र राजीनामा दिन अल्टिमेटम दिइएको स्रोतले जनाएको छ । यदि उनले राजीनामा नदिए बर्खास्त गर्ने तयारी भएको छ । निगम संचालनमा खरेल असफल भएको भन्दै भट्टराईले कार्यक्षमतामाथि प्रश्न उठाउँदै आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसबारे जानकारी गराएपछि ओली समेत सहमत भएको बुझिएको छ ।


Your Views
Related News