ईश्वरका पाँच रुपलाई सबै विधि तथा धर्मको कार्यमा पुज्ने गरिन्छ । शिव, पार्वती, विष्णु, गणेश । सूर्य देव सप्त मत्रिका अर्थात दैवी शक्तिका सात स्वरुप ब्रह्माणी, नारायणी, इन्द्राणी, महेश्वरी, वाराही, कुमारी र चामुंडा । भगवान एक हुन् तर हामीले भिन्न भिन्न नाम र आकार दिएका छौ ।

भगवानसँग आफ्नो कुरा पु¥याउनको लागि मानिसहरुले मुर्तीको पूजा गर्छन् । तर मानिसलाई आफैभित्र भगवान भएको थाहा छैन ।
पौराणीक समयमा मन्दिरमा गएर भगवानको मूर्ती पुज्नु भन्दा पहिले आफू भित्रको ईश्वरलाई पहिचान गर्नका लागि उनीहरु केही समय एक्लै बिताउने गर्थे । मन्दिरमा गएपछि केही समय विताउनुपर्ने मान्यता रहेको छ । तर आजका मानिसहरु मन्दिरमा गएर बसेको देखवा गर्ने गर्छन् । यस्तो गर्नु आफैलाई छल गरेको धर्म शास्त्रले वताउँछ ।

किंम्दवन्ती अनुसार पहिलेको समयमा मूर्तीलाई अध्यारोमा राखिन्थ्यो । जसलाई गर्भ घर भन्ने गरिन्थ्यो । त्यस ठाउँमा भगवानले दिएको प्रकाश मार्फत मूर्तीको अनुहार देख्न पाइन्थ्यो । त्यस्तो दृष्यले भगवान आफ्नो मनको गहिराइमा बसेको भान हुन्छ ।
प्राचीन समयमा मानिसहरु मूर्तीलाई सुन्दर कपडा र गहनाले सजाउने गर्दथे । किनकि मन मूर्तीमा नै केन्द्रित होस् र पूर्ण रुपमा आफूू मूर्तीमा मोहीत हुन सकु ।

एक पटक आँखा बन्द गरेर ध्यान गर्ने विचार गर्ने वित्तिकै आँको अगाडि मूर्तीको स्वरुप आउने गर्छ । त्यसपछि ध्यान गर्नाले भगवान स्वंम पाउनु हुन्छ ।

जब कोही मानिसले भगवान कहाँ छन् भनेर सोध्दा बुद्धिमान व्यक्तिले मानिसका लागि प्रेम गर्ने नै भगवान हो भन्ने उत्तर दिन्छन् । बुद्धिजीवी व्यक्तिका लागि ईश्वरको हर ईश्वरीय शक्ति र गुणमा देख्छ । कम बुद्धिमान मानिसले केटी वा पत्थरको मूर्तीलाई भगवान देख्छ । बुद्धिमान मानिस आफैमा भगवान देख्छ ।


Your Views
Related News