काठमाडाै‌– समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकार नछोड्ने भएको छ । ओलीले उपप्रधानसहित स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मन्त्रिपरिषद हेरफेरका क्रममा कानून मन्त्रालयमा सारेका थिए । तर, मन्त्रालय हेरफेर भएपनि यादवले मन्त्रिपरिषद नछाड्ने भएका छन् ।

स्वास्थ्यमन्त्रीका हैसियतमा एक कार्यक्रममा सहभागी हुन दिल्ली गएका यादव शुक्रबार स्वदेश फर्कंदा कानूनमन्त्रीका रुपमा फर्किए । यादव दिल्लीमै रहँदा उनले सरकार छाड्ने चर्चा चलेको थियो । नेता बाबुराम भट्टराई र अशोक राई भट्टराईलाई जसरी पनि सरकारबाट बाहिर ल्याउने रणनीतिमा छन् ।

भट्टराई र राईले आफूहरुसँग परामर्श नै नगरी छापामार शैलीमा अपमानपूर्वक मन्त्रालय परिवर्तन गरिएको भन्दै यादवलाई सरकारबाहिर ल्याउने मौकाका रुपमा उपयोग गर्न खोजेका छन् । हालै सकिएको केन्द्रीय समिति बैठकमा भट्टराई पक्षले सरकार छाड्नुपर्ने आवाज जोडतोडले उठाएको थियो ।

तर, केन्द्रीय समितिमा सुविधाजनक बहुमतमा रहेका यादवले सरकार नछाड्ने निर्णय गराए । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश–२ का प्रदेशसभा सदस्य सञ्जय यादवले आफ्नो दलले सरकार नछाड्ने स्पष्ट गरे ।


Your Views
Related News