नयाँ दिल्ली, भारत । भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दु*र्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृ*त्यु भएको छ। यस दु*र्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृ*त्यु हुनुको साथै अन्य १० जना घा*इते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ।

दु*र्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ।

शनिबार बिहान ३ः३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठ*क्कर दिएपछि सो दु*र्घटना भएको जनाइएको छ। बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दु*र्घटना भएको थियो।

उक्त दु*र्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो। चार घाइतेलाई स्थानीय अ*स्पतालमा भर्ना गरिएको छ। छ जना गम्भीर घा*इतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अ*स्पताल लगिएको जनाइएको छ। रासस


Your Views
Related News