काठमाडौं, ७ मंसिर । पूर्व युवराज्ञी हिमानी शाह र चर्चित नायिका मनिषा कोइराला एकसाथ सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कोइराला हिमानीसँग देखिँदा धेरैलाई अचम्म लागेको छ । शनिबार विहान हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी पूर्व युवराज्ञी हिमानीले प्राथमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेकी हुन् ।

काठमाडौको सिद्धेश्वर माध्यमिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको उक्त कार्यक्रममा हिमानी र मनिषाले एकसाथ स्टेज सेयर गरे । गरिबीका कारण बालबालिका पढ्नबाट बन्चित नहुन भन्ने उद्धेश्यले हिमानी ट्रष्टले आज एक कार्यक्रमकाबीच बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

ट्रष्टले स्कुल ब्याग, कपी, पुस्तकसहित शैक्षिक सामाग्री बितरण गरेको हो । ट्रष्टले ग्रामीण दुरदराजमा रहेका बालबालिकालाई बिद्यालयजाने बातावरण बनाउन बिभिन्न सहयोगसमेत गर्दे आएको छ । ट्रष्टले शिक्षा, स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दे आएको छ ।


Your Views
Related News