नेपालमा एक दुईजना देश बेच्न खोज्ने दलाललाइ सिध्याउन नेपालमा पनि दुइचार नाथुराम जन्मिनुपर्छ : भिम रावल
सत्तारूढ दल नेकपाका प्रभावशाली नेता तथा पुर्व गृहमन्त्री भिम रावल पछिल्लो समय सत्तारूढ शक्ति का बलियो प्रतिपक्षकाे रुपमा उभिएका छन्।
गत फागुन २४ गते ओली नेतृत्वकाेे सरकार र स्वतन्त्र मधेसकाे मुद्दा उठायर आन्दोलन गरिरहेका डा. सिके राउतबिच भएको सहमतिप्रति चर्काे असहमती जनाउदै पहिलाे पटक उनले तत्कालैै याे सम्झाैता मुलुककाे मृत्यु पत्र भनी टिप्पणी गरे । साथै उनले राष्ट्रबादी देशभक्त सबैलाइ याे राष्ट्रियता बिराेधि राष्ट्रघाति सम्झाैता खारेजका लागि बाेल्न अपिल गरेका थिए । उनले याे सम्झाैतामा हस्ताक्षर गरेर गृहमन्त्री राम बहादुर थापा बादलले गल्ती गरेकाे भन्दै पार्टी निर्णय बिना गरिएकाे याे सम्झाैताकाे बिराेध मात्र हाेइन मन्त्री थापाकाे राजिनामा माग गर्दै आएकाछ्न ।
संसदमा तिखाे प्रहार गरेका नेता रावल र जुनियर लेयरका नेता महेश बस्नेतबिच दाेहाेरी नै चल्याे। उनले कुनै हालत याे सम्झाैता खारेज हुनुपर्ने जिकिर गरे ।
त्यसपछि २८ गते नेत्रबिक्रम चन्द नेतृत्वको नेकपामाथी ओली सरकारले प्रतिबन्ध काे घाेषणा गर्याे । याे प्रतिबन्धप्रति असहमत नेता रावलले बिखण्डनकारीकाे अंगालोमा गयर विप्लवमाथी दमन गरेकाे पार्टीमा कुनै छलफल नगरेकाे भन्दै यसले द्वन्द्व निम्त्याएको बताए ।सरकारका पछिल्लो निर्णय पार्टी एकीकरण र अध्यक्षद्वयप्रति असन्तुष्ट नेता रावलले अब देशमा बन्दुक अनिवार्य भएकाे औल्याएका छन्। उनले सामाजिक सन्जालकाे आफ्नो आधिकारीक पेजमा आफनो धारणा ब्यक्त गर्दै भारत र महात्मा गान्धिकाे उदाहरण दिदै नेपाली राष्ट्रियतामाथी खतराबारे सचेत गराएका छन्। उनले भनेका छन्।
‘भारत बिखण्डन हुदा धेरै देशमा परिणत हुने लगभग ग्यारेन्टी थियाे ।महात्मा गान्धि बरु देश बिखण्डन हाेस तर हत्या हिंसा नहाेस भन्ने पक्षमा थिए। यत्तिकैमा नाथुराम गाेडसेले हतियार उठाए र महात्मा गान्धिकाे हत्या गरिदिए नाथुराम गाेडसेले यदि हतियार नउठाएकाे भए अहिले विशाल भारत स्याना स्उाना धेरै राज्यमा परिणत हुने थियाे बन्दुकको गाेलिबाट निस्केको बाेलिले कहिले काहीँ कसाे राम्रो काम गर्नेरहेछ । देश बिखण्डन दलालहरुका लागि नेपालमापनि दुइचार वटा नाथुराम जन्मिनुपर्छ।’