काठमाडौं, ८ मङ्सिर । इँटाभट्टामा जि उँदै हा लिएको भनिएका त्रिलोक नारायणका बाबु श्रीनारायण सिंह कांग्रेसका पुराना कार्यकर्ता हुन् । उक्त घटनाका आ रोपी आलमका काका शेख इद्रिससँग उनको राम्रो मित्रता थियो । अहिले पनि उनी इद्रिसको प्रशंसा गर्छन् । तर मोहम्मद आफ ताब आलमले वि स्फो टमा घा इते छोरालाई इँटाभट्टमा हालेर ह त्या गरेपछि र घटना लुकाउन भएको जा लझे लले कांग्रेस प्रति उनको मन म र्‍याे, हिमाल साप्ताहिकले समाचार छापेको छ ।

सिंहले छोराको ह त्यारालाई कार बाही गराउने दौडधूपमा १२ कठ्ठा खेत सकिसकेका छन् । आलम प क्राउपछि थुनछेक बहस चलिरहँदा पनि उनलाई चुप बसे १ करोड रुपैयाँ दिने प्रस्ताव आएको थियो।‘जे हुनु भइगयो, पैसा लिएर चुप लागेर बस, एक करोड दिन्छौं भनेका थिए,’ उनी भन्छन्, ‘मेरो छोरा खसीबोका त थिएन जसलाई पैसामा बेचूँ, जति पैसा लिए पनि मर्दा लिएर जाने होइन ।’

आलम पुर्पक्षका लागि थुनामा गए पनि मु द्दाको अन्तिम फैसला नहुँदासम्म उनी ढुक्क छैनन् । कांग्रेसका कार्यकर्ताहरूले आगामी चुनावमा आफ्नो पार्टीको बहुमत आउने र सरकार बनाउने भन्दै पैसा लिएर सुरक्षित हुन भनेको सिंह बताउँछन् ।


Your Views
Related News