चितवन, ८ मङ्सिर । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले चितवन मेडिकल कलेजमा भेटिएको पे स्तोल प्रहरीले नै राखेको आ रोप लगाएका छन् ।

चन्दले चितवन मेडिकल कलेजमा प्रहरीले नै ह ति यार राखेर विद्यार्थीलाई फसाउन खोजेको आ रोप लगाएका हुन् । उनले आइतबार विज्ञप्ति जारी गरी चितवन मेडिकल कलेजको होस्टलछेउ भेटिएको हतियार प्रहरीले नै राखेको दाबी गरेका हुन् ।

शनिबार प्रहरीले होस्टलछेउको ब्याडमिन्टन कोर्टबाट अमेरिकन पे स्तोलसहित म्या गजिन, गो ली र खोकाहरू बरामद गरेको बताएको थियो । सो हतियारबारे अनुसन्धान गर्न प्रहरीले चार जना सुरक्षा गार्डलाई समातेको थियो । साथै त्यो पे स्तोल प्रकाशको हुन सक्ने पनि आशंका गरेको थियो ।

तर प्रकाशले भने होस्टलमा हति यार भेटियो भन्ने भ्रमपूर्ण र ष ड्य न्त्रपूर्ण समाचार बाहिर ल्याइएको दाबी गरे ।

‘राज्य विद्यार्थीलाई न्याय दिनुको साटो डरलाग्दो ष ड्य न्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणमा लागेको छ,’ उनको दाबी छ ।


Your Views
Related News