८ मंसिर २०७६, आईतवार बुटवल। भारतले पछिल्लो समय लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग आफ्नो नक्साभित्र रा’खेर नयाँ नक्सा सार्बजनिक गरेपछि यसको चौ’तर्फी वि’रोध भइरहेको छ ।यसैसन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीको अगुवाइमा आइतबार वि’रोध प्र’दर्शन गरिएको छ । महासंघले नेपाल–भारतको प्रमूख सिमा ना’काहरुमध्येको एक बेलहिया (सुनौली) नाका दशगजा क्षेत्रमै पुगेर भारतले गरेको सिमा अ’तिक्रमण वि’रुद्ध वि’रोध स’भा गरेको हो ।

वि’रोध स’भामा बोल्नेहरुले भारतको हे’पाहा र भू’मिअतिक्रमण गर्ने बि’स्तारवादी नी’तिका कारण मित्र मूलुक नरहेकोमा जोड दिए । छिमेकी मूलुक भएपनि अब मित्र मूलुक नरहेको उनीहरुको त’र्क थियो । यदि सरकारले सिमा मि’चिएको विषयमा ठो’स क’दम चा’ल्न नसक्ने भए यहाँका रा’ष्ट्रवादी र भू’मिपूत्रहरुले यसको जिम्मा लिएर स’मस्या स’माधान गर्न स’क्षम रहेको दा’वी गरे ।वि’रोध स’भामा बोल्दै नेपाल मगर सं’घका के’न्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर वीरकट्टा मगरले भारतीयहरु झै कहिल्यै पनि कसैको उ’पनिवेशमा नबसेको नेपाली जनताको भूमि अ’तिक्रमण गरेर सा’र्वभौमिकता र स्वा’भिमानमा ठे’स पु¥याएको प्रष्ट पारे ।

उनले भारतले नेपालको सा’र्वभौमिता खोसेको उल्लेख गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), रुपन्देहीका अध्यक्ष सनु थापा, नेफिन रुपन्देहीका पूर्व उपाध्यक्ष दल बहादुर छन्त्याल, नेपाल तामाङ घेदुङ्ग जिल्ला समिति, रुपन्देहीका अध्यक्ष कृष्ण मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय परिषद्का उपाध्यक्ष दुर्गा प्रसाद क्षेष्ठ, थारु कल्याणकारीणी सभा सिद्धार्थनगरका सचिव रेखा प्रसाद चौधरी, साहित्यकार विजय सागर लगायतले बोल्दै भारतसंग सिमा जो’डिएको क्षेत्रमा काँडे ता’रवारको व्यवस्था गर्न सरकारसंग मा’ग गरेका छन् ।

सरकारसंग श्रोत नभए जनश्रमदानबाट सिमानामा ता’रबार गर्न आफुहरु तयार रहेको उनीहरुको भनाई थियो ।सुनौली क्षेत्रका भारतीय नागरिकहरु समेत उल्लेख्य उपस्थिति रहेको वि’रोध स’भामा सुनौली नाकाका स्थानिय भारतीय नागरिकहरुलाई भूमि अ’तिक्रमण नगर्न सन्देश लिएर मोदीलाई सुनाउन सभामा बोल्नेहरुले आ’ग्रह गरेका थिए । महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कोण सभा सचिव चित्रलाल तुलाचनले सञ्चालन गरेका थिए ।वि’रोध सभामा महासंघका रुपन्देही जिल्ला उपाध्यक्ष वीर बहादुर लामा, सह–सचिव इन्द्र राई, बुटवल नगर अध्यक्ष अरुणकमार श्रेष्ठ, तिलोत्तमा अध्यक्ष आसा गुरुङ, सिद्धार्थनगर अध्यक्ष चन्द्र बहादुर राना लगायत सहभागी रहेका थिए ।

को’ण सभा अघि भैरहवाको देवकोटा चोकबाट वि’रोध ¥या’ली सुरु भई बेलहिया नाका पुगेर सभामा प’रिणत भएको थियो ।¥यालीमा सहभागीहरुले लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, अ’तिक्रमित भूमि फि’र्ता गर जस्ता नारा लगाएका थिए । भारतद्वारा गरिएको भूमि अ’तिक्रमण वि’रुद्ध द’वाव सिर्जनाका लागि रुपन्देहीको हरेक स्थानीय तहमा सिमा अ’तिक्रमण वि’रुद्ध वि’रोध का’र्यक्रम गर्ने महासंघले जानकारी गराएको छ ।सभामा नेपाल मगर संघ, थारु कल्याणकारी सभा, नेवा पुचः, नेवा झिगुं समाज, थकाली, छन्त्याल, कुस्वाडिया, कुमाल, भूजेल, गुरुङ लगायत एकल जा’तीय सं’गठनहरु समेत स’हभागी रहेका थिए ।


Your Views
Related News