एजेन्सी। मानिसहरु घरमा श्रीमती भएर पनि बाह्य सम्बन्धमा हुन्छन्। यसले परिवारलाई भाड्ने काम गर्दछ । बाह्य महिलासँग श्रीमानको सम्बन्धबारे थाहा पाउँदा श्रीमतीहरु रिसाउँछन्। सामाजिक रुपमा यस कार्य स्वीकार्यसमेत छैन ।

तर, थाइल्यान्डकी ३२ वर्षीया वारिसारा पोक्रिचान आफ्ना श्रीमानका कान्छी श्रीमतीसँग मिलेर बसेकी छन्। उनीहरु दुवै साथीजस्तै छन् । ४२ वर्षीय मानोप नुटायोथिनले १० वर्ष अगाडि पोक्रिचानलाई दोस्रो श्रीमतीको रुपमा विवाह गरेका थिए। मानोपको पहिलो श्रीमतीको नि’ध’न भएको थियो।
तर मानोप बाह्य महिलासँगको प्रेममा परे।

बाह्य सम्बन्धकाबारेमा थाहा पाउँदा पोक्रिचान रिसाइनन् । उनले आफ्ना श्रीमानका पे्रमीका २६ वर्षीया नाटया टोङपानलाई घरमा स्वागत् गरिन्। मानोप र नाटयाले पोक्रिचानकै सहयोगमा विवाह गरे। यतिबेला दुवै श्रीमतीको साथमा मानोप एकै घरमा बस्दै आएका छन्। उनीहरु निकै खुशी छन्। तीनै जना मिलेर काम गर्छन्। घर खर्च जुटाउँछन् ।


Your Views
Related News