काठमाडौँ, २३ असार । नेपाल आइडल सिजन १ बाट उदाएका गायक सागर आलेको नयाँ गीत ‘भावनाको पत्र’ सार्वजनिक भएको छ ।
वान् साइड लभ स्टोरीको उपनाम दिइएको यो गीतमा गायक आले र फराज अर्पण फिचर्ड छन् ।

सागर आलेको स्वर रहेको गीतमा फराज अर्पणको शब्द तथा संगीत रहेको छ । गीतमा राजेश्वर तन्दुकरले मिसिङ्ग गरेका छन् । त्यसैगरी बिजेश्वर तन्दुकरले संगीत संयोजन गरेका छन् ।

विशाल थापाले खिचेको म्युजिक भिडियोलाई फराज अर्पणले सम्पादन र निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्-


Your Views
Related News