चर्चि*त रि*यालि*टी सो द भ्वाईस अफ नेपालको टप १० मा पुग्न सफल मोरङ उर्लाबारी निवासी मेचु धिमाललाई भोटिङ गर्ने क्रम येतिखेर जारी रहिरहेको बेला सकृय रुपमा लागिरहेका मेचुका बुवा भने मंगलवार रोजगारका लागि विदेश जाने भएका छन् । यता मेचु इतिहास रचेर चर्चित हुने क्रममा छिन् भने बुवा सन्तुलाल धिमाल भने घरको ऋण तिर्न विदेश जाने भएका छन्,यो तितो एथार्थ ले सबै नेपालीको मन रोएको छ ।

संयोग पनि कस्तो न जाउ त थाप्लोभरी ऋण लाएको छ, जाँउत छोरी मेचुलाई येतिखेर भोट चाहिएको छ बुवा सन्तुलालले सञ्चारकर्मीहरुलाई एस्तो भनेका थिए, ‘यहि बेला भिषा पनि लाग्यो । ४ छोरी रहेका सन्तुलाललाई छोरा नभएकोमा उनलाई कति पनि दुःख छैन र थिएन पनि । छोरीले नाम राखेकी छिन्, यसैमा नै खुशी छौ । यद्यपि, भोटकै कारण मेचुपछि पर्छिन कि भन्ने चिन्ता एकदमै छ उनलाई ।

आफ्नो छोराछोरी अघि बढेको कस्लाई पो मन पर्दैन र उनले भने‘ अरु प्रतियोगि पनि मेरो छोराछोरी जस्तै हुन्, मेचुको भ्वाईस मन पर्छ भने एकदम धेरै भोट गरिदिनुहोला । बुवा सन्तुलालले आफु जहाँ रहेपनि छोरीको लागि धेरै आर्शिवाद रहेको बताए । आमा गीता कुमारी धिमालले पनि छोरीको लागि धेरै भोटको अपिल गरेकी छिन् ।


Your Views
Related News