काठमाडौँ । आउँदा जाँदा काठमाण्डौं शहर, दुरीका हिसाबले नौबिसेबाट करिब पाँच किलोमिटर, पारीपट्टी भित्तामा देखिन्छ बाल्कोनी नै बाल्कोनी भएको सुन्दर घर । यही बाटो भएर हुँइकिदै गर्दा घरको वास्तविकता बुझ्न लाग्यो रहर । घर परीपट्टी भएपनि घरधनी वारी नै भेटिए । जहाँबाट यो घर देखिन्थ्यो त्यहीँ बसेर कुरा गर्दा मनको कौतुहलताहरु मेटिए ।पुग्नु थियो काठमाण्डौं, परिसकेको थियो साँझ, नौबिसेदेखि नागढुंगासम्मको जाम छिचोल्नु पर्ने अर्को बाध्यता थियो हामी माझ । त्यसैले पारी भित्तामा भएको घरको बार्दली, चोटा र कोठा चहार्ने चाहनालाई थाँति राखेको थियौं, जुन यो भिडियोमा पुरा गरेका छौं ।


Your Views
Related News