काठमाडौं । नेपालका लागि नेपालीको अभियानका सदस्य ज्ञानेन्द्र शाही कारबाहीमा परेका छन् । उनलाई अभियानबाटै निकालिएको छ । विभिन्न स्थानमा भएका कार्यक्रममा निर्घात कुटिएका शाही अराजक बन्न खोजेपछि अभियानबाट निकालिएको अभियान्त डा सुरेन्द्र भण्डारीले क्यानाडानेपाललाई जानकारी दिए । उनकाअनुसार आफूहरुमाथि आक्रमणमा उत्रिनेविरुद्ध सोही किसिमले आक्रमण गर्नुपर्ने बताएका कारण उनलाई हटाइएको हो ।कुनै बेला आफ्ना विपक्षी तथा प्रतिस्पर्धीमाथि आक्रमणमा उत्रने वाइसिएल, युथ फोर्स र तरण दलजस्था संगठन बनाउने कार्य र सोही किसिमको व्यवहार गर्न थालेपछि शाहीलाई बाध्य भएर हटाएको न्यौपानेले बताए ।

अराजक गतिविधि नगर्न बारम्बार सम्झाउँदा र सुझाव दिँदै पनि शाहीले इन्कार गरेकोपछि कारबाही गर्दै अभियानबाट निकाल्नु परेको भण्डारी दाबी गर्छन् ।जापान र वेलायतमा रहेको राजसंस्था जस्तै नेपालको लागि पनि राजसंस्था आवश्यकता रहेको निष्कर्ष निकालेको अभियानका अर्का अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले राजसंस्थाको आवश्यकता नरहेको र गणतन्त्र नै चाहिने बताए पछि ज्ञानेन्द्र शाहीलाई अभियानबाट निकालिएको जानकारी दिए ।

(source by canada nepal)


Your Views
Related News