काठमाडौं, २४ असार । करिब ३ वर्ष अघि सरिता लिङ्देनले आफ्नो डायरीमा लेखेर राखेको गीतले नयाँ जीवन पाएको छ । उडेर जाऊँ बोलको त्यो गीतले यतिबेला चर्चा परिचर्चा पाएको छ । रोजगारीको सिलसिलामा प्रवासमा केहि समय रहेर फर्केपछि उनले यस गीतलाई जीवन दिएकी हुन् ।
जुन गीतलाई चर्चित गायिका अन्जु पन्तले गाएकी छन् भने । मन्जुल मितेरीले संगीत भरेका छन् । गीतको संगीत संयोजन बादल लिम्बुले गरेका हुन ।यस रोमान्टिक गीतको भिडियोमा नायिका तथा मोडेल रिमा बिश्वकर्मा र मोडेल निराजन प्रधानलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ ।राम कुमार केसीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन । सरिता लिङ्देन प्रस्तुतकर्ता रहेकोे म्युजिक भिडियोलाई सत्य राज चौलागाईले निर्देशन गरेका छन् । आउनुहोस् भिडियो हेरौं ।


Your Views
Related News