सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस काममा भारतीय एसएसबीका जवानले पनि सहयोग गरेको बताइएको छ ।

यो पनि पढ्नुहोश! ; हरेक दिन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र गण्डकी प्रदेशमा सेवा ग्राहिको भिड लाग्नु कुनै नौलो कुरा होइन । सवारी चालक अनुमती पत्र बनाउने र नविकरण गर्नेको भिडभाड निकै देखिन्छ । भिडमा रहेकामध्ये अधिकांशको हातमा कि सेतो रङको बिल थियो कि त रातो रङको ब्याङ्क भौचर। तर विडम्बना सेवालिन आउने हरेक सेवाग्राही भने आक्रोश नभएको दिनै छैन । समस्या सेवा ग्राहिको मात्र होइन समस्या कार्यालयकै कर्मचारीलाइ समेत छ । हरेक दिन सेवाग्राहीको कचकच सुनिरहन पर्छ कार्यालयका कर्मचारी । जस्ले गर्दा कर्मचारीकै मानसिकतामा समेत प्रभाव परेको देखिन्छ । सेवाग्राहीको समस्या त ज्यु का त्यु नै छ ।

कागजी सवारीचालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ बाट विस्थापन गर्ने भन्दै वि.स २०७२ मंसिर १४ गते देखि विभागले वागमती अञ्चल यातायात व्यवस्था कार्यालयबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण शुरू गरेको थियो । तत्कालीन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले विभागकै महानिर्देशक चन्द्रमान श्रेष्ठलाई पहिलो ‘स्मार्ट लाइसेन्स’ हस्तान्तरण गरेर यसको शुरूआत गर्नुभएको थियो ।

स्मार्ट लाइसेन्सको शुरुआत देखिनै सेवाग्राहीले समस्या भोग्नुपरेको छ । राजधानी बाहिरका सेवा ग्राहिले दुई वर्ष बित्दा समेत लासेन्स लिन पाएका छैनन । विभिन्न लटमा लाइसेन्स आयो भन्दै जाँदै फर्किनेको संख्या गनि साध्य छैन । यस्तै दुई वर्ष अघि लाइसेन्सको लागि पास भएका पोखराका अनिश श्रेष्ठले अहिले सम्म लाइसेन्स पाउन सक्नुभएको छैन । यति मात्र होइन उहाले बिभागए नै दिएको रातो रसिद देखाउदा समेत ट्राफिक प्रहरीओए उहाँलाई कार्वाही समेत गर्‍यो ।

“म सङ्ग रातो रसिद छ, स्मार्ट लाइसेन्सको लागि दिएको रसिद देखाउदा समेत कार्वाहीमा परे , यो लाइसेन्स होइन भनेर भन्छन “ उहाले सुनाउनुभयो । यस्तै रुपाकोटका सुनिल मिजारको पनि लाइसेन्स नआएको २ वर्ष वितिसक्यो । आइतबार यातायात कार्यालय आउनुभएका सन्दिपले गुनासो पोख्दै भन्नुभयो “ लाइसेन्सको लागि आउदा आउदै हैरान परियो, अब फेरि भदौमा आउ भन्छन, उता ट्राफिकले हैरान गर्छन “ । उहाँहरू त एउटा उदाहरण मात्र हुन । देशभर यहि समस्यामा परेका लाखौ सेवाग्राही छन ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र गण्डकी प्रदेशका सुचना अधिकारी भरतराज काफ्ले भन्नुहुन्छ “ समस्या सेवाग्राहीलाई मात्र छैन , कर्मचारीलाई समेत छ, माथिबाट लाइसेन्स आयो भन्छ्न तर छुटेर आउँछ अनि सेवा ग्राही समेत गुनासो गर्छ्न“ । यातायात व्यवस्था विभाग केन्द्रबाट नै लाइसेन्स आउने हुदा सम्स्या भएको बताउनुभयो ।
हामिले त फारम भर्ने र राजस्व लिने मात्र काम गर्छौ, सबै काम केन्द्रिय विभागलेनै गर्छ , बिभागमा सिस्टम छैन त्यसैले समस्या जटिल बनेको हो उहाँले भन्नुभयो ।

नेपालमा स्मार्ट लाइसेन्स छपाइको प्रविधी नभएको कारण भारतबाट छापिएर आउने उहाले बताउनुभयो । बिभागले विना तयारी योजना ल्याउनाले सेवाग्राही मर्कामा पर्ने गरेको बताउनुभयो । केही ट्राफिक प्रहरीले मानविय स्वभावको कारणले गर्दा रसिद हुदा हुँदै समेत कार्वाही गरेको स्विकार्दै उहाले बिभाग समस्याको समाधान तर्फ उन्मुख नभएको बताउनुभयो ।

कुनै पनि व्यक्तिको विवरण बाहिर जानू दुर्भाग्यपूर्ण हो , राज्यले आफ्नो नागरिकको विवरण राज्यबाहिर पठाउदा समेत कुनै पहल गरेको पाइदैन । विद्युतीय ’स्मार्ट लाइसेन्स’को सुरुवाती चरणबाटै विभिन्न प्राविधिक समस्याहरू देखिने गरेका छन् । एसियाली विकास ब्याङ्कको आर्थिक सहयोगमा सुरु भएको ’स्मार्ट लाइसेन्स’को छपाइमा मात्र होइन, त्यसको आवेदन दिँदा देखि नै यस्ता समस्याहरू आउने गरेका छन्


Your Views
Related News