पुर्व पुवराज्ञी हिमानी शाहले येतिखेर धेरै उ*तारचढाव*हरुको सामना गर्नुपरिरहेको छ । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समाजिक सेवामा एकदमै सक्रिय भएर लागेकी छिन् ।

जनतासँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकि उनले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नु परिरहेको छ । राजपरिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी सधैँ जनताबिच लोकप्रिय बनिरहिन् ।समाजिक सेवामा लागेर नागरिकसँग नजिक बनेकि हिमानीका चाल, चलन र व्यवहार सधैँ जनताकालागि एकदमै लोकप्रिय बने ।

युवराज्ञीको हैसियतमा होस् वा सामान्य नागरिक हुँदा, हिमानीका विवादास्पद समाचार कहिले पनि आएनन् । पति पारश शाहको एकपिच्छे अर्को नकारात्मक समाचारहरु आइरहदा पनि हिमानीमा कुनै पनि चिन्ताको भाव झल्किदैन\ । मनमा हजारौँ पिडा भएपनि हिमानीले ती कुरा कदापी अगाडी ल्याइनन् ।

पतिको बच्पनाले कुन श्रीमतिको मन भत्भती पोल्दैन र ? तर, हिमानीको मुस्कान अलिकति पनि टुटेको छैन । उनले भनेकी छिन् ” कोहि गरीब भोको नरहोस भनि भगवान त मुर्ति बनि बेचिनुहन्छ भने हामि त मानिस हौ त्यसैले कसैको दुखमा हासेर मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न नपरोस ! ”


Your Views
Related News