काठमाडौँ, २४ असार । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुनको मुल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार यता सुनको मुल्य लगातार स्थिर रहेको छ ।आइतबार प्रतितोला ६४ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य सोमबार र आज मंगलबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।त्यस्तै आज तेजावी-सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Your Views
Related News