इटहरी, १५ मङ्सिर । आफ्नै अनुयायी महिलामाथि ब ला त्कारको आ रोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी अहिले प्रहरी नियन्त्रणमा छन । प्रहरीले पक्राउ गरे पनि सोर्स फोर्स र पावरको भरमा गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् ।

यसै बीच कृष्णदासले पिडित युवतीसंग आफुलाई बचाउ भन्दै हारगुहार गरिरहेको अडियाे सार्बजनिक भएकाे छ । पिडित महिलासंगको टेलिफोन वार्तालावमा आफुले गल्ती गरेको भन्दै उनले क्षमा समेत मागेका छन । फोन वार्तालावका अनुसार ति महिलाले विगत एक महिना देखि नै आफ्नो गल्ति स्वीकार्न र माफी माग्न भनेको बुझिन्छ । तर राजनीतिक पहुज र धार्मिक आडले घमण्डी बनेका कृष्णदासले अटेर गरेको स्पष्ट हुन्छ । जसको परिणाम स्वरूप ति पिडित भनिएकी महिला प्रहरीसम्म पुगेर उजुरी दिएको बुझिन्छ ।

फोन वार्तालाव कृष्णदास प्रहरी नियन्त्रणमा पर्ने बित्तिकै या पक्राउ पर्ने निश्चित भएपछीको हुनसक्छ । किनकी कृष्णदासले भनेका छन् – ‘मलाई बचाउ नानी, २४ घण्टा नाघेपछि तिमीले पनि बचाउन सक्दैनौ ।’ उनले ति पिडित महिलासंग हारगुहार गर्दै आइन्दा यस्तो नगर्ने बरु आफ्नो लि ङ्ग नै का टेर फा लिदिने सम्म भनेका छन ।

पीडित महिलाले कात्तिक चार गते गिरीले आफूमाथि करणी आरोप लगाएकी थिइन् । प्रहरीले जाहेरी लिन नमानेपछि पीडित महिला काठमाडौं प्रहरी परिसर, टेकु र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म आइपुगेकी थिइन् ।

सीआईबीले उनको स्वास्थ्य परीक्षण गराएर फाइल सुनसरी पठाइदिएपछि जाहेरी दर्ताका आधारमा पक्राउ गर्न अदालतले अनुमति दिएको थियो ।

सार्बजनिक भएको अडियो तल सुन्नुहोस ।


Your Views
Related News