काठमान्डौ , रुपन्देहीको भैरहवा विमानस्थलमा पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा ‘राजा आउ देश बचाऊ’ भन्दै ना’राबाजी भएको छ ।प्रदेश पाँचका रुपन्देही,पाल्पा,पश्चिम नवलपरासी लगायत विभिन्न जिल्लामा एक हप्ता लामो भ्रमणका लागि विमानस्थल आउन लागेका पुर्व राजालाई स्वागत गर्न आइतबार दिउंसो विमानस्थलमा जम्मा भएका सयौं सर्वसाधारण र सं’घसंस्थाका प्र’तिनिधिले पुर्व राजा र हिन्दु राष्ट्रका पक्षमा ना’राबाजी गरेका हुन् ।शिव सेना नेपाल, शाही युवा शक्ति नेपाल,दर्शन ठकुरी समाज लगायतले पुर्व राजालाई श्री ५ महाराजधिराज सरकार भन्दै ज’यजयकार समेत गरे ।

दिउसो ३ बजेदेखि विमानस्थलमा जम्मा भएका पूर्व राजाका पक्षधरले ज्ञराष्ट्रिय झण्डासहित ज्ञानेन्द्र र कोमलका तस्वीर अं’कित ब्या’च र शिव सेना नेपालले पहेंलो रंगको ज्याकेटमा ना’राबाजी गर्दा विमानस्थलको माहोल बेग्लै देखिएको थियो ।पुर्व राजार्ला स्वागत गर्न पुर्व माओवादीदेखि नेपाली कांग्रेससम्मका केही का’र्यकर्ता समेत विमानस्थलमा पु’ष्पगुच्छा लिएर पुगेका थिए । शाहको स्वागतमा करिब दुई हजार मान्छे विमानस्थलमा जम्मा भएका आयोजकको भनाई छ ।३ बजे आउने भनेर प्रचार गरिएपनि पुर्व राजा ज्ञानेन्द्र दुई घण्टा ढि’लो सांझ सवा पांच बजे मात्रै बुद्ध एअरको जहाजबाट विमानस्थलमा ओ’र्लिएका थिए ।

उनी तिलोत्तमा नगरपालिका १५ कोटिहवास्थित टा’इगर प्यालेस रिसोर्टमा बा’स बसेका छन् ।सोमबार देखि २२ गतेसम्म उनी प्रदेश पाँचका रुपन्देही नवलपरासी, कपिलबस्तु र पाल्पा जिल्लामा धा’र्मिक म’ठमन्दिरमा द’र्शन गर्ने कार्यक्रम रहेको सवारी व्यबस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी बताए ।पूर्व राजा शाह १६ गते रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बो’लबम धामको भ्रमण गर्ने का’र्यक्रम छ । त्यस्तै १७ गते रुपन्देहीको मर्चवारस्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्हीस्थित पाल्ही भगवती मन्दिरमा द’र्शन गर्ने कार्यक्रम त’य भएको छ ।


Your Views
Related News