काठमाडौंको विभिन्न स्थानमा महिलामाथि काँटीले कोप्दै आतंक मच्चाएको आरोपमा सन्तोष कार्की लाई प्रहरीले पक्राउ गरेको छ । जसलाई आज प्रहरी सार्वजनिक समेत गरेको छ। रामेछाप घर भई नैकाप बस्ने ३० वर्षीय सन्तोष लाइ प्रहरीले बिहिबार राति पक्राउ गरेको थियो। राति १० बजे रेस्टुरेन्ट बन्द गरी कोठामा फर्किने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई रमाइलोका लागि कोप्ने गरेका थिए।

महाराजगञ्जमा फास्टफूड रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उनले रमाइलो का लागि ढलान किलाले घोप्दै हिँडेको भन्ने प्रहरीलाई बताएका हुन्। केही समययता राजधानीमा आधा दर्जनभन्दा बढी महिला तथा युवतीमाथि यस किसिमको आक्रमण भएको थियो । यी व्यक्ति लाइ प्रहरीले पक्राउ गरे संगै काटीको कोपेको सिसिटिभी फुटेज भिडियो पनि सार्बजनिक भएको छ।
बाइकमा आएका एक व्यक्तिले कुकुर लिएर हिडेको एक महिलालाई अचानक केहि चिज ले कोपेको भिडियोमा देखिन्छ। तिब्र गतिमा आएको उक्त बाइकले महिलालाई केहि चिजले कोपेको छ जस्पछी महिलाले कोपेको ठाउ समातेर अक्मकाउछिन। सिरिन्ज आक्रमण भएको भनिएपनि आक्रमण कारीले भने आफुले सिरिन्ज नभएर काँटीले घोचेको बताएको छ।


Your Views
Related News