काठमाडौं, २४ असार । ‘घडी’ भन्ने बित्तिकै समय हेर्नलाई प्रयोग गर्ने साधनहो रुपमा बुझिन्छ तर बास्तु शास्त्रका अनुसार घरमा राखिएको घडीले समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ ।

भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछ तर त्यसका लागि घरमा घडी झुन्ड्याउँदा सही दिशामा राख्नु जरुरी छ । त्यसो भए कुन आकारको घडी कुन दिशामा राख्दा उपयुक्त हुन्छ भन्ने बारेमा चर्चा गरौँ ।

अण्डाकार घडी

अण्डाकार घडी घरको पश्चिम दिशामा राख्नुपर्छ । यसले घरमा भएको थुप्रै बास्तु दोषहरु केही दिनमा ठिक गराउँछ । बास्तु शास्त्रको अनुसार यो दिशामा घडी राख्दा नयाँ बाटाहरु पहिल्याउँन सहज गराउँछ ।

निलो रङको घडी

व्यापार वा नोकरीमा उन्नति होस् भन्ने चाहानुहुन्छ भने निलो रङको घडी घरको उत्तर दिशामा राख्नुपर्छ । घडि निलो रङको नै हुनु आवश्यक छ । साथै यसले धन, सम्पत्तिसँग जोडिएको समस्या पनि कम हुन्छ ।

कर्टीलेज फ्रेम भएको घडी

बालबच्चा सुत्ने र बस्ने कोठामा कर्टीलेजको फ्रेम भएको घडी राख्दा उनीहरुमा सकारात्मक सोचको विकास हुन्छ ।परिवारको लागि पूर्व–पश्चिम दिशामा राख्नुस् घडी यदि विभिन्न कारणले घर–परिवारसँग समय विताउन पाइरहनुभएको छैन भने घरको पूर्व–पश्चिम दिशामा घडी राख्नुपर्छ । तर, ध्यान दिनुहोस् उक्त घडी बन्द हुन दिनुहुँदैन ।

पारिवारिक तस्बिर भएको घडी

घरको सदस्यबीच माया र प्रेम पैदा गर्नको लागि परिवारको संयुक्त तस्बिर भएको फे्रमसहितको घडी घरमा राख्नुपर्छ । यसले आपसी सम्बन्धमा सदैव प्रेम बनाइराख्छ ।

विदेश यात्राको लागि

विदेश यात्राको लागि इच्छुक मानिसहरुले उत्तर–पश्चिम दिशामा घडी राख्नुपर्छ । ध्यान राख्नुस्, घडीको आकार गोलो हुनुपर्छ । र त्यसको रङ क्रिम हुनुपर्छ । यसले विदेश यात्राको सपना छिट्टै पूरा हुन्छ ।

ग्ल्यामरको क्षेत्र मन पराउनेका लागि

ग्ल्यामरको क्षेत्र मन पराउने मानिसहरुका लागि दक्षिण दिशामा त्रिकोणात्मक आकारको घडी राख्नुपर्छ । घडीको फ्रेम काठको हुनुपर्छ । ग्ल्यामरको दुनियाँको साथसाथै रचनात्मक काम गर्न इच्छुकहरुका लागि यो फाइदाजनक हुन्छ ।

बन्द भएको घडी

ब्याट्री सकिएपछि मानिसहरु घडीमा ब्याट्री परिवर्तन गर्न धेरै समय लगाउँछन् । बन्द भएको घडीले राहु काललाई निम्त्याउँछ । त्यसैले घडी बन्द हुने वित्तिकै छिट्टै ब्याट्री परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी राख्दा घरमा नकारात्मक शक्ति आउँछ ।

आखाँको अगाडि

घडी जहिल्यै पनि आखाँकै अगाडि राख्नुपर्छ ।


Your Views
Related News