काठमाडौ / राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य अहिले धमाधम भईरहेको छ । रामपुरमा निर्माण थालिएको रङ्गशालामा जुटेका धुर्मुस सुन्तली फाउण्डेसनलाई देश विदेशबाट सहयोग आइरहेको छ । यसै बीच नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले समेत आफ्नो तर्फबाट सहयोग पुर्याएका छन् ।

५ महिना अघि जब कुलमान घिसिंग चितवन पुगेको बेला धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलसंग भेटेर रङ्गशालाको काम बारे जानकारी लिएका थिए । त्यहि बेला सिताराम कट्टेलले कुलमान घिसिंगसंग बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन सहयोग मागेका थिए ।सिताराम कट्टेलको उक्त आग्रहलाई स्वीकार्दै कुलमान घिसिंगले ५ महिनापछि २०० केबी (200 K V) को ट्रान्समिटर रङ्गशाला स्थलमा जडान गरिदिएका छन् । ट्रान्समिटर जडान गरे संगै सिताराम कट्टेलले धन्यवाद व्यक्त गर्दै तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

सिताराम कट्टेल लेख्छन्: “नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ ज्यूले २०० केबी (200 K V) को ट्रान्समिटर रङ्गशाला स्थलमा जडान गरिदिनुभएकोमा उहाँ लगायत नेपाल बिधुत प्राधिकरण परिवार र भरतपुर शाखालाई बिशेष धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।”कुलमान घिसिंगले बिधुत प्राधिकरणसंग समन्वयन गरेर उक्त ट्रान्समिटर जडान गराएका हुन् । यस ट्रान्समिटर जडान भए संगै रङ्गशालाको बिजुलीको काममा पर्याप्त भोल्टेज पुग्ने हुँदा विधुतीय कामहरु सहज र छिटो हुने भएको छ ।

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा र नवनियुक्त बेलायती राजदुत निकोला पोल्लिटबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको हो।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त हुनुभएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिए। उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई आग्रह गरे।

गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरा पाउने विश्वास व्यक्त गरिन्। उनले गृहमन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ति क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताए।


Your Views
Related News