शनिबार अर्थात् डिसेम्बर १४मा विश्वले नयाँ ‘मिस वर्ल्ड’ पाउँदै छ। मिस वर्ल्डको ताजका लागि यतिबेला लन्डनमा १ सय २४ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठले।हाल सम्मको नतिजाअनुसार अनुष्काले ‘मल्टिमिडिया अवार्ड’ हात पारिसकेकी छन्।

प्रतिस्पर्धाको दुई चरण्मा भएको हेट टु हेड च्यालेन्ज पार गर्दै उत्कृष्ट ४०मा पर्न सफल अनुष्काले अन्ततः मल्टिमिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएकी हुन्।

प्रतिस्पर्धामा नेपालले मल्टिमिडिया अवार्ड जितेको विषय प्रतिस्पर्धी अनुष्का श्रेष्ठले नै मिस नेपाल वर्ल्डको अफिसियल फेसबुक अकान्टमा एक भिडियो सन्देशमार्फत बताएकी हुन्।

‘मिस वल्र्डको प्रतिस्पर्धामा नेपालले मल्टिमिडिया अवार्ड हात पारिसकेको छ, जुन कुरा हामी सबै नेपालीले गर्व गर्न लायक छ। यो उपलब्धि मेरो एक्लो प्रयासले नभइ सबै नेपालीको साथ सहयोग र भोटका आधारमा सम्भव भएको हो, त्यसैले हामी सबैलाई बधाई,’ अनुष्काले भिडियो सन्देश मार्फत भनेकी छिन्।

निकै नै खुसी मुद्रमा देखिएकी अनुष्काले भिडियोमा थपेकी छन्, ‘अबको दुई दिन पछि प्रतियोगिताको फाइनल हुदै छ, जहाँ नेपाल र नेपालीको शिर उँचाे बनाउन, विश्वमा नेपालको नाम चम्काउन उत्कृष्ट प्रस्तुतिकासाथ सक्दो कोसिस गर्ने छु। मेरो लागि प्रार्थना गर्दै गर्नुहोस्, हजुरहरूको माया र विश्वासलाई पक्कै न्याय गर्ने छु।’


Your Views
Related News