काठमाडौं, ८ पुस । पछिल्लो समय सबैको रोजाइमा परेका अभिनेता बिपिन कार्कीले हरेक फिल्ममा फरक अभिनय गर्दै आएका छन् । उनको अभिनायको भेरियसनली उनि दर्शकको मनमा बस्न सफल भएका छन् । त्यस्तै उनको नयाँ फिल्म ‘सेल्फी किङ’मा भने उनको भूमिका एक हास्य अभिनेताको रुपमा देख्न पाइने छ ।

उनले फिल्ममा एक कलाकारको जीवनमा आएको विभिन्न उतारचढावलाई पर्दामा प्रस्तुत गरेका छन् । निर्माण टिमका अनुसार कला यात्राको दौरान एक हास्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनमा देखिएका उतारचढावलाई फिल्ममा विपिनमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

एक हास्य पात्रले दर्शक त हसाउँछ तर उसको वास्तविकता कस्तो हुन्छ भन्ने कथामा विपिन प्रस्तुत हुने भएका छन् । गत वर्ष फिल्म ‘प्रसाद’ मा एक प्रेमीका रुपमा देखिएका विपिन यसपटक कलाकारका रुपमा देखिन लागेका हुन् ।

फिल्मलाई प्रसादका निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेका हुन् । विशाल सापकोटाले निर्देशन गरेको यो फिल्मलाई ड्रामा विथ कमेडी भनिएको छ ।

फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने फिल्ममा निर्देशक सापकोटाकै लेखन रहेको छ । यो फिल्म माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


Your Views
Related News