काठमाडौं– केही दिनअघि प्रहरी प्रधान कार्यालयले सात जिल्लाका एसपीको सरुवा गरेको थियो । सरुवाको सूचीसमेत सार्वजनिक भएको थियो । तर, अहिले प्रहरी प्रधान कार्यालयले जारी गरेको सरुवाको सूची शक्तिकेन्द्रको प्रभावमा धोती लगाइएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको सहमतिमै प्रहरी प्रधान कार्यालयले एसपीको सरुवा गर्ने गर्छ । प्रहरी प्रधान कार्यालयले गरेको सो सरुवा चितवनका एसपी दानबहादुर मल्लले बदर गराइदिएका छन् । प्रहरी प्रधान कार्यालयले उनको चितवनबाट सरुवा गरी एसपी गंगा पन्तलाई पठाएको थियो । तर, मल्लले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शक्ति लगाएर आफ्नो सरुवा रोकेका छन् ।

मल्लले आफ्नो सरूवा तत्कालका लागि स्थगित भएको जानकारी दिएका छन् । आफू चितवन प्रहरी प्रमुख भएको १० महिना पनि नभएकाले सरुवा रोकिएको उनको दाबी छ ।गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । लामो समय प्रचण्डको सुरक्षा गार्डको रुपमा काम गरेका मल्ललाई उनकै दबाबमा सरुवा रोकिएको प्रहरी स्रोतले बतायो । चितवनमा पहिलो महिला प्रहरी प्रमुखका रुपमा आउने भने पनि उनको आगमन अनिश्चित भएको छ ।

नेपाल प्रहरीमा चेन अफ कमान्ड भत्किएको विषयले निकै चर्चा पाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा डीआईजी विश्वराज पोखरेल सरुवा भएपछि यो निकै विवादमा परेको थियो ।उनको सरुवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्य उपाध्याय कार्यालय गएकै छैनन् ।

उनले आफू जुनियर प्रहरी अधिकृत मातहतमा रहेर काम गर्न नसक्ने भन्दै कार्यालय जान मानेका थिएनन् । महानगरीय प्रहरी कार्यालयको आयुक्तमा डीआईजी पोखरेलको काज सरुवा भएपछि उनको प्रहरी प्रधान कार्यलयमा काज सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ ।मिडिया डवलीबाट


Your Views
Related News