काठमाडौं : पछिल्लो समय नेपाल प्र,हरीमा चेन अफ क,मान्ड भ,त्किएको विषयले निकै चर्चा पाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा डीआईजी विश्वराज पोखरेल सरुवा भएपछि यो निकै वि,वादमा परेको थियो ।

उनको सरुवा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्य उपाध्याय कार्यालय गएकै छैनन् । उनले आफू जुनियर प्रहरी अधिकृत मातहतमा रहेर काम गर्न नसक्ने भन्दै कार्यालय जान मानेका थिएनन् । महानगरीय प्र,हरी कार्यालयको आयुक्तमा डीआईजी पोखरेलको काज स,रुवा भएपछि उनको प्र,हरी प्रधान कार्यलयमा काज सरुवा गरिएको प्र,हरी स्रोतले जनाएको छ ।

केही दिनअघि प्र,हरी प्रधान कार्यालयले सात जिल्लाका एसपीको सरुवा गरेको थियो । सरुवाको सूचीसमेत सार्वजनिक भएको थियो । तर, अहिले प्र,हरी प्रधान कार्यालयले जारी गरेको सरुवाको सूची शक्तिकेन्द्रको प्रभावमा धो,ती लगाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको सहमतिमै प्र,हरी प्रधान कार्यालयले एसपीको स,रुवा गर्ने गर्छ ।

प्र,हरी प्रधान कार्यालयले गरेको सो सरुवा चितवनका एसपी दानबहादुर मल्लले बदर गराइदिएका छन् । प्र,हरी प्रधान कार्यालयले उनको चितवनबाट सरुवा गरी एसपी गंगा पन्तलाई पठाएको थियो । तर, मल्लले ने,कपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शक्ति लगाएर आफ्नो सरुवा रोकेका छन् ।

मल्लले आफ्नो स,रूवा तत्कालका लागि स्थगित भएको जानकारी दिएका छन् । आफू चितवन प्र,हरी प्रमुख भएको १० महिना पनि नभएकाले सरुवा रोकिएको उनको दा,बी छ । गत पुस ४ गते मल्लसहित २४ जना एसपीको स,रूवा भई

चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । लामो समय प्रचण्डको सुरक्षा गार्डको रुपमा काम गरेका मल्ललाई उनकै दबाबमा सरुवा रोकिएको प्रहरी स्रोतले बतायो । चितवनमा पहिलो महिला प्रहरी प्रमुखका रुपमा आउने भने पनि उनको आगमन अनिश्चित भएको छ ।


Your Views
Related News