काठमाडौं : पुस ७ उर्जामन्त्री वर्षमान पुनको अध्यक्षता रहेको संचालक समितिवाट निर्णय गरेर डे!डिकेटेड तथा ट्रंक लाइनको बक्यौता तिर्न उ,द्योगीहरुलाई अन्तिम चे,तावनी दिँदै पत्र काटे पनि प्रधानमन्त्रीले रोक्न आदेश दिएका छन् ।

उद्योगीहरुलाई काटेको पत्रमा बाँकी रहेको म,हसुल नतिरेमा लाइन काटिदिने उल्लेख छ । तर प्रधानमन्त्रीले तत्काल लाइन नकाट्न निर्देशन दिएको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । प्रधानमन्त्रीको आदेशसँगै उ,द्योगहरुमा लाइन काट्न तयार भएको प्रा,धिकरण र प्रवन्ध निर्देशक कुलमान घिसिङ् अहिले पछाडी हटेका छन । शिवम् सिमेन्टले १ अर्ब २१ करोड रुपैयाँ भन्दा ति,र्न बाँकी बढी छ ।

यो पनि पढ्नुहोस् !
प्रदेश न.३ को मुख्यमन्त्री भन्नुहुन्छ : कृषिलाई सबैभन्दा बढी महत्त्व दिनुपर्छ…सेयर गरौ !

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्त्व दिएको बताएका छन् । सरकारले हेटौंडा उपमहानगरपालिकासँगको सहलगानीमा निर्माण हुन लागेको

फलफूल तथा तरकारीको अत्याधुनिक थोक बजारको विस्तृत अध्ययन प्रतिवेदनमाथि छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएको उल्लेख गरेका छन् ।
उनले देशको कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यवस्थित

थोक बजार स्थापना गर्न लागिएको जानकारी दिए । देशको अर्थतन्त्रलाई बढाउने र हजारौंलाई रोजगार दिलाउने लक्ष्यसहित बजार निर्माण गर्न लागिएको उनले उल्लेख गरे । कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे

लामाले कृषि बजार निर्माणपछि कृषि उपजको बजारीकरणका कारण किसानमा उत्साह छाउने बजार निर्माण सम्पन्न भएपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने बताए । करीब रु ४३ करोड लगानीमा निर्माण गरिने थोक बजारमा हेटौंडा

उपमहानगरपालिकाले ३० प्रतिशतसम्म लगानी गर्ने भएको छ ।
हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले देशकै आधुनिक कृषि बजार हेटौँडामा स्थापना गरिनु उदाहरणीय कार्य भएको थियो ।


Your Views
Related News