काठमाडौँ, ११ पुस । काठमाडौं महानगरपालिका वडा नं ३१ ले सागमा स्वर्णपदक विजेता आयशा शाक्य र रजत पदक विजेता आशिष बस्नेतलाई सम्मान गरेको छ ।

कामपा वडा नं ३१ ले आज आयोजना गरेको सम्मान कार्यक्रममा आफ्नो वडावासी तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेतालाई सम्मान गरेको हो ।

शाक्यले तेक्वान्दो खेलको पुम्से एकल तथा युगल जोडीतर्फ २९ वर्ष माथिको उमेर समूहमा गरी दुईवटा स्वर्ण पदक हासील गरेकी थिइन् भने बस्नेतले बास्केटबलमा रजत पदक प्राप्त गरेकी थिइन् ।

कार्यक्रममा शाक्यलाई ५० हजार रुपैयाँ र बस्नेतलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो । सो अवसरमा तेक्वान्दो खेलका प्रशिक्षक दीपक बिष्ट, कराँते खेलका प्रशिक्षक तुलसी महर्जन, बास्केटबल खेलका प्रशिक्षक निरञ्जन सत्याल, व्याडमिन्टनका किरण थापालाई सम्मानित गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य गणेश दुलालले खेलाडीलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए ।


Your Views
Related News