काठमाडौं, २५ असार । काभ्रेको बनेपामा सिरिन्ज आक्रमणको झुटो आरोप लगाउने युवतीले माफी मागेकी छिन् ।

सिरिन्ज आक्रमणको आरोप लागेका स्याङ्जाका खगेन्द्र पाठक निर्दोष भेटिएपछि रिहा गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका-१३ घर भएका खगेन्द्र लोक सेवा आयोगको परीक्षा दिन आएका थिए । तर बनेपामा उनीमाथि नसोचेको आरोप लग्यो ।

प्रहरीको अनुसन्धानमा पनि सिरिन्जले नै घोपेको कुनै प्रमाण फेला नपरेको र युवतीको दावी गलत देखिएकाले पाठक आरोप मुक्त भएका छन् ।

यसअघि नै प्रहरीले आरोप पुष्टि नभएकाले युवतीको मेडिकल रिपोर्ट नआएसम्मका लागि सम्पर्कमा रहनेगरी पाठकलाई रिहा गरेको थियो ।

निर्दोष युवकलाई युवतीले आरोप लगाएकाले प्रहरीले पाठकलाई रिहा गरेको थियो । पाठकले युवती विरुद्ध उजुरी नदिनेगरी मंगलबार नै सहमति भएको छ ।


Your Views
Related News